नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार हुने इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच रोमाञ्चक भिडन्त हुने पक्का भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल अपराह्न ४:०० बजे सुरु हुनेछ। लिग चरण समाप्त हुँदा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेका हुन्।
लिग चरणमै भएको पहिलो भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। अब भने त्यो हारको बदला चुकाउने उत्कृष्ट अवसर लुम्बिनी सामु छ।
आजको खेल जित्ने टोली क्वालिफायर–२ मा प्रवेश गर्दै बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
उता, विराटनगर किङ्स क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्ससँग ७८ रनले पराजित हुँदै प्रत्यक्ष फाइनल प्रवेश गुमाएको छ।
इकुवेशन हेर्दा इलिमिनेटरमा काठमान्डु र लुम्बिनी दुवै टोलीको रणनीति र खेलकुशलता निर्णायक बन्ने देखिन्छ, जसले आजको प्रतिस्पर्धालाई झनै प्रतिष्पर्धात्मक बनाइदिएको छ।
प्रतिक्रिया दिनुहोस्