Ads

आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता


काठमाडौँ, । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि आज रत्नपार्कस्थित प्रधानकार्यालयमा जिम्मेवारी सम्हाल्दै उनले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे ।

“प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक एवं हालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मेराबीच ऊर्जा क्षेत्रको प्रवर्द्धनका सम्बन्धमा धेरै समानता छन् । ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्, आगामी दिनमा त्यसलाई समाधान गर्न सकिन्छ”, कार्यकारी निर्देशक शाक्यले भने, “ऊर्जामन्त्रीले अन्य क्षेत्र पनि हेरिरहेका छन्, ऊर्जा क्षेत्रमा निर्धक्क भए हुन्छ, म पूर्ण क्षमताले काम गर्छु, प्राधिकरणको सिङ्गो टिमलाई साथमा लिएर अघि बढ्छु ।”

ऊर्जा क्षेत्र अर्थतन्त्रको ‘ड्राइभर’ भएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्यले यही क्षेत्रको विकासमार्फत मुलुकको अर्थतन्त्र उकासिने विश्वास व्यक्त गरे । ट्रकलाइन र डेडिकेटेड लाइनको बक्यौता उठाउने सरकारको निर्णयलाई आफूले उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनृ, “यो संस्थागत निर्णय हो, बक्यौता उठाउँछौँ, प्राधिकरणले गर्ने सबै काम गर्छौं ।”

Ads

सम्बन्धित पोष्टहरू