Ads

एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि


नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत तय गरिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । पार्टी नेतृत्वका अनुसार आज मंसिर २८ गते दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने भएको छ ।

यसअघि बन्दसत्र आजै बिहान साढे ७ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु गर्ने तयारी थियो । तर आन्तरिक तयारी र छलफलका कारण समय परिवर्तन गरिएको एमाले नेताहरूले जानकारी दिएका छन् ।

बन्दसत्र सुरु हुनु अघि अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक पूर्वनिर्धारित नभई आकस्मिक रूपमा बोलाइएको हो । केन्द्रीय कमिटीको बैठक सकिएपछि मात्र बन्दसत्र सुरु गरिने नेताहरूले बताएका छन् ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक अवस्था तथा आगामी कार्यदिशाबारे धारणा राख्ने कार्यक्रम छ । त्यसपछि नेतृत्व चयन प्रक्रियासम्बन्धी छलफल र तयारी अघि बढाइने जनाइएको छ ।

उल्लेखनीय छ कि एमालेको ११औँ महाधिवेशन शनिबार (मंसिर २७ गते) भक्तपुरको सल्लाघारीस्थित चौरमा भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व, नीति तथा कार्यक्रम तय गरिने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू