Ads

यस्तो बन्यो ईश्वर पोखरेलको अन्तिम टिम, को–को परे सूचीमा


काठमाडौं । नेकपा (एमाले) ले ११औँ महाधिवेशनअन्तर्गत ईश्वर पोखरेल नेतृत्वको समूहबाट उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार उक्त नामावली औपचारिक रूपमा प्रकाशित गरेको हो ।

आयोगद्वारा जारी सूचीअनुसार अध्यक्ष पदमा ईश्वर पोखरेलसहित अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुमेघी गुरुङ उम्मेदवार रहेका छन् । महासचिव पदमा सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् भने उपमहासचिव पदका लागि योगेश भट्टराई र वैजनाथ चौधरीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सचिव पदमा अग्निप्रसाद खरेल, ईन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवारको सूचीमा समावेश छन् ।

११औँ महाधिवेशनमार्फत पार्टी नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विभिन्न समूह र धारबाट उम्मेदवार मैदानमा उत्रिएसँगै महाधिवेशनको राजनीतिक चासो बढ्दै गएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू