मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी रूपमा ‘संयुक्त जेन–जी आन्दोलन’ सुरु गर्ने घोषणा गरेको छ। आज आयोजित एक कार्यक्रममा समूहले आन्दोलनको औपचारिक घोषणा गर्दै भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आम नागरिकलाई आव्हान गरेको छ।
ढुंगानाले भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकार गठन भएको सय दिन बितिसक्दा पनि जनताले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने कुनै उल्लेखनीय काम नभएको उनको टिप्पणी थियो।
उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको र समग्र युवाको नेतृत्व गर्न असफल भएको दाबी गर्दै सर्वपक्षीय सरकार गठनको आवश्यकता औँल्याए। सबै राजनीतिक तथा सामाजिक पक्षलाई विश्वासमा लिन सक्ने नेतृत्व आजको आवश्यकता भएको ढुंगानाको भनाइ छ।
आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमालसहित विभिन्न जेन–जी अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्