राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले संसद पुनर्स्थापनाको सम्भावना पूर्णतः अस्वीकार गरेका छन्। संसदको वैधता समाप्त भइसकेकाले पुनर्स्थापना हुन नसक्ने उनको स्पष्ट धारणा छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाग्लेले भदौ २३ गते भएको घटनालाई ‘नरसंहार’को संज्ञा दिँदै त्यसका लागि तत्कालीन एमाले–कांग्रेस सरकार जिम्मेवार रहेको आरोप लगाए। उनले ती दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्ण रूपमा समाप्त भइसकेकाले अब त्यसलाई पुनर्स्थापना गर्ने कुनै आधार नरहेको बताएका छन्।
उनका अनुसार अबको निकास संसद पुनर्स्थापना होइन, आमनिर्वाचन नै हो। आगामी २१ फागुनमा हुने आमनिर्वाचनबाट जनताबाट ताजा जनादेश प्राप्त संसद गठन हुने र त्यसले आगामी पाँच वर्षका लागि स्थिर संघीय सरकार निर्माण गर्ने उनले उल्लेख गरेका छन्।
डा. वाग्लेले उक्त संघीय सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने दाबीसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्