Ads

राष्ट्रपति भवनमा शीर्ष राजनीतिक भेटघाट, प्रधानमन्त्री कार्की पनि सहभागी


राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन्।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजे राष्ट्रपति भवनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठकका लागि बोलाएका थिए। सोही बैठकमा प्रधानमन्त्री कार्कीले पनि सहभागिता जनाएकी हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार हालसम्म शीर्ष नेताहरूसँग औपचारिक छलफल हुन नसकेकाले बैठकमा सहभागी हुने जानकारी गराउँदै प्रधानमन्त्री कार्की राष्ट्रपति भवन पुगेकी थिइन्। समसामयिक राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउने र संवादलाई अघि बढाउने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।

बैठकमा समावेशी संवाद, वर्तमान राजनीतिक गतिरोध र भावी राजनीतिक निकासका सम्भावित उपायहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू