Ads

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी घटनामा परेर गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्यबारे जानकारी लिन तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्न उनीहरू डल्लुस्थित खनाल निवास पुगेका हुन्।

भारतमा उपचार सम्पन्न गरी दुई दिनअघि स्वदेश फर्किएकी चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको र थप सुधारका लागि निरन्तर उपचार भइरहेको जानकारी वरिष्ठ नेता खनालले दिएका छन्।

संयोजक दाहाल र सहसंयोजक नेपालले चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेकोमा सन्तोष व्यक्त गर्दै उपचारमा संलग्न चिकित्सक टोलीप्रति विश्वास व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू