Ads

सुनचाँदीको मुल्यमा केही गिरावट


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । आजको लागि सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै , चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू