प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। शुक्रबार गरिएको यस विस्तारअन्तर्गत नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरिएको छ।
स्रोतका अनुसार शर्माको शपथग्रहण आज दिउँसो २:३० बजे हुने तय भएको छ। यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।
हालसम्म पनि रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की स्वयंले सम्हालिरहेकी छन्। ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुनेबारे भने कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन।
सुशीला कार्की : प्रधानमन्त्री (रक्षा तथा खानेपानी मन्त्रालयको समेत जिम्मेवारी)
रामेश्वर खनाल : अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन
कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
ओमप्रकाश अर्याल : गृह
अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि
मदन परियार : कृषि तथा पशुपन्छी विकास
जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि
सुधा गौतम : स्वास्थ्य तथा जनसंख्या
बब्लु गुप्ता : युवा तथा खेलकुद
कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
माधव चौलागाईं : वन तथा वातावरण
श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
बालानन्द शर्मा : परराष्ट्र मन्त्री
यद्यपि नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको वरीयता (क्याबिनेट र्याङ्किङ) भने अझै निर्धारण हुन बाँकी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्