Ads

२०८२ पुष १६ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नियमित कार्यमा अनुकूलता वृद्धि भइ लाभ मिल्ने समय बन्नेछ । नयाँ आयस्रोत सिर्जना हुनसक्ने योग छ । इष्टमित्रको सहयोगले रोकिएको काम अघि बढ्नेछ । परिवारजनमा आपसरी सौहार्द्धता वृद्धि भइ खुशीको माहोल बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सन्तानपक्षबाट सुखप्राप्तिको योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन ब्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी साथीबाट विशेष साथ मिलेको अनुभूति होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल वृद्धि र उन्नति-पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढेपनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता-रचनात्मकताका साथ सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्य बलवान् रहनाले रोकिएका काममा दोहोऱ्याएर प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता–सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू