मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ, ध्यान राख्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नियमित कार्यमा ब्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा भने केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुनसक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्त रहला, तर राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने समय छ । आँटेका काम तत्काल सम्पादन हुनसक्ने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता वृद्धिका साथै व्यावसायिक काममा खर्च बढ्ने समय छ । यात्रा सुखद रहेपनि भावी योजनाबारेको चिन्तन र चिन्ताले सताउन सक्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्नाले उत्साह जागृत भएपनि विगतका समस्या बल्झिन सक्ने समय छ् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन मेहनतअनुसार फाइदा कमै होला, तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिएपनि नियमित कार्यबाट उपलब्धि नै मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कुनै विषयले मनमा त्राासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्