Ads

सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच वार्ता


प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्। प्रधानमन्त्री कार्कीले सिंहदरबारमा प्रसाईँ नेतृत्वको प्रतिनिधिमण्डललाई बोलाएर वार्ता गरेकी हुन्।

सरकारले यसअघि नै सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी प्रसाईँ पक्षसँग निरन्तर संवाद गर्दै आएको छ। सोही समितिमार्फत सरकार र आन्दोलनरत पक्षबीच वार्ता अघि बढाइएको हो।

यसअघि मंसिर २२ गते पनि दुबै पक्षबीच छलफल भएको थियो। आन्दोलनका कार्यक्रम सार्वजनिक भएपछि सम्भावित असहज अवस्था टार्दै निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न वार्तामार्फत समाधान खोज्ने उद्देश्यले प्रधानमन्त्री कार्की स्वयं सक्रिय भएकी हुन्।

Ads

सम्बन्धित पोष्टहरू