मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबल बढ्ने तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्न सकिएला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मित्र एवम् परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम बनाउन सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना रहेपनि दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दाम्पत्य सम्बन्धमा केही चिसेपन आउन सक्छ, आपसी ब्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ने देखिन्छ । साझेदारीमा पनि फाइदा होला । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साथीभाइको सहयोगले पराक्रम बढ्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका सकारात्मक कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर बोली र ब्यक्तित्वको प्रभावले काम बन्ने समय छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अवसर छोप्न सकिनेछ । खर्च केही बढ्ने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । कर्मबल बढ्नेछ भने विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ । मित्रजनको साथमा रमणीय यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्