Ads

२०८२ पौष २२ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेषकेही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला ।

वृषसाथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ ।

मिथुनगरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।

कर्कट आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।

सिंहपरिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला ।

कन्या अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ ।

तुलासोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला ।

वृश्चिकप्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव होला । सोचेको काम पुरा नहुन सक्छ । विहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।

धनुशत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ ।

मकर गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला ।

कुम्भझै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला ।

मीन केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू