Ads

एकैदिन ३ हजार १०० रुपैयाँले वृद्धि सुनको मूल्य


काठमाडौँ ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको छ ।सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

यस्तै , मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू