मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नियमित कार्यमा जाँगर वृद्धि हुने समय छ । मित्र एवम् आफन्तजनको साथ-सहयोगले ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाटको सम्भावना छ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम पनि प्रारम्भ गर्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । यश-वर्चश्व वृद्धिका साथै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही चुनौती बढ्ने र अरूका लागि बुद्धि तथा श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिएर तपाईंलाई प्रयोग गर्ने प्रयत्न हुनसक्छ, सचेत रहनुहोला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सरसापटमा धन खर्च हुनसक्छ । आजको दिन आर्थिक कारोबार नगर्नु उचित हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय भएपनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मक कार्यले नसोचेको फाइदा दिलाउने देखिन्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम पनि सजिलै बन्नाले उत्साह जागृत होला । समयलाई पछ्याउने भरपुर प्रयत्न गर्नुहोला, अन्यथा पछि पछुतो अनुभूति हुन सक्छ । भौतिक साधनको प्रयोग गर्नुहुन्छ भने पूरै भर पर्न नसकिने समय छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दीगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य केही कमजोर रहने देखिन्छ । पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विशेष उपहार एवम् धनलाभ हुने समय छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । फुर्सदको अनुभूति हुनुका साथै रमाइलो यात्राको अवसर मिल्न सक्छ । लाभका लागि परिस्थितिसँग केही सम्झौता गर्नु बुद्धिमानी ठहरिनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन कर्मबल र सामर्थ्य वृद्धि हुनेछ भने प्रतिष्पर्धीहरू परास्त हुनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिठो भोजनको अवसर जुर्ला । बोली, व्यक्तित्व र तपाईंका कामको प्रशंसा हुनेछ । सोखले खर्च बढाउने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त भएपनि सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेले झुक्याउन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्नेमा सजग रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । आजको दिन साथीभाइसँग सन्तुलित व्यवहार गर्ने प्रयास गर्नुहोला । हठ गर्ने बानीले दुःख पाइनेछ । जागिरमा पनि सावधान रहनु हितकर हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दैनन्दिन कार्यगति बढ्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ भने विभिन्न अवसर प्राप्त हुनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति हुनसक्छ तर विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने तथा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला ।
प्रतिक्रिया दिनुहोस्