मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन दिन खासै उपलब्धिमूलक नरहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । विशिष्टजनबाट आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नियमित काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । मित्र एवम् आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्नेछ, आफन्तसँग भेटघाट हुनेछ । अधुरा काम पूरा हुने र नयाँ काम पाउने योग छ । धन कमाउने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्ति हुने समय छ । अध्ययन–अध्यापनमा मन जाला । पराक्रम वृद्धिले नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने समय छ । आँटेका प्रायः सबै कामहरू बन्नेछन् । आम्दानीको नयाँ श्रोत फेलापर्ने योग छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिनेछ । ब्यापारमा पनि फाइदा होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको सम्भावना छ । संगीत सिक्न मन लाग्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । वित्तीय लाभ हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सभा-समारोहमा मान पुरस्कार प्राप्तिको सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकनयाँ काममा हात हाल्ने समय आएको छ । तर, इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय शुभदायी छ । धन आर्जनका माध्यमहरूको थालनी हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । रोकिएको काम बन्नुका साथै आय वृद्धि होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशेषगरी आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । अरुको काम धेरै गर्नुपर्ने योग छ, तथापि जश भने कमै मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): खर्च बढ्नेछ र स्वास्थ्य कमजोर हुने सम्भावना छ । काममा अवरोध आउन सक्छ । कुरा काट्नेहरू बढ्नेछन्, सतर्क रहनुहोस् । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन अनुकूल समय नहुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानमा यात्रा हुनसक्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणलगायत मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनेर मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछ र धन कमाउने अवसर बढ्नेछ । भाग्य बलियो हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्