गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
उनको निधन भएको खबर गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा राखेका छन्। ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नपर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनुभएन छ। उफ.. वैकुण्ठ मा बास होस्,’ उनले लेखेका छन्।
तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको जनाइएको छ।
प्रसान्त भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको ‘इन्डियन आइडल २००७’ कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन्।
उनले नेपाली चलचित्र गोर्खा पल्टन र परदेशीमा अभिनयसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्