Ads

ढाका टोपीको सम्मानमा पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड’ (तस्वीरहरू)


नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको ऐतिहासिक पाटन क्षेत्रमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ।

‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) द्वारा आयोजित उक्त दौडले नेपाली संस्कृति, मौलिकता र राष्ट्रिय गौरवलाई खेलकुदसँग जोड्ने सन्देश दिएको छ।

हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारका अनुसार नेपाली संस्कृति र पहिचानलाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले नेपाली ढाका टोपी हाम्रो इतिहास, सम्मान र एकताको प्रतीक भएकाले यसप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यस्तो अभियान आवश्यक रहेको बताए।

दौड प्रतियोगिता पाटन दरबार स्क्वायरस्थित मंगलबजारबाट सुरु भई सहभागीहरूले ४.५ तथा ८ किलोमिटर दूरी पूरा गरेका थिए। ढाका टोपीसहित सहभागी भएका धावकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण र आकर्षक बनाएको थियो।

राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वस्थ जीवनशैली, राष्ट्रिय एकता र सांस्कृतिक चेतनाको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ।

Run-with-Dhakatopi-Nepal-photo-library-11-1768102974.JPG

Run-with-Dhakatopi-Nepal-photo-library-12-1768102972.JPG

Run-with-Dhakatopi-Nepal-photo-library-08-1768102972.JPG

Run-with-Dhakatopi-Nepal-photo-library-13-1768102972.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-02-1768102974.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-14-1768102973.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-05-1768102973.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-06-1768102972.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-10-1768102974.jpg

Run-with-Dhakatopi-Nepal-photo-library-09-1768102974.JPG

Run-with-Dhakatopi-Nepal-photo-library-03-1768102975.jpg

Ads

सम्बन्धित पोष्टहरू