मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता वृद्धि हुनुका साथै परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहेको अनुभूति होला । स्वास्थ्य केही प्रतिकूल रहनुका साथै परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, ध्यान राख्नुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन उतारचढावयुक्त रहला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न भौतिक साधन जुट्नुका साथै रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त हुने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्यगति बढ्ने र गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने तथा धनार्जनको योग छ । आफन्त एवम् मित्रजनको साथले जस्तोसुकै समस्याकको समाधान मिल्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नियमित कार्यमा सहजता आउनाले दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढेपनि व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यशवर्चश्व बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले भने कष्ट दिनसक्छ, ध्यान राख्नुहोला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आश मारेको काम फेरि बन्ने सङ्केतले उत्साह जगाउने र ठीक समयमा सही निर्णय लिन सकिने समय छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तथापि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्तिका साथै आर्थिक पक्ष सुदृढ रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने आफन्तजनको साथ मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा, मान–सम्मान आदि पाइने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्