Ads

कांग्रेस विशेष महाधिवेशन: दोस्रो दिनको बन्दसत्र सुरु


नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ। आइतबार भृकुटीमण्डपको खुला चौरमा उद्घाटन भएको महाधिवेशन सोमबार सम्पन्न गर्ने भनिए पनि निर्धारित समयभन्दा लम्बिएको छ।

महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि छलफल गर्न सोमबार नै ९ वटा समूह गठन गरी समूहगत छलफल सुरु गरिएको थियो।

आज पुनः बन्दसत्र सुरु हुने र समूहगत छलफलबाट निस्केका निष्कर्षहरू पेस गरिने कार्यक्रम रहेको छ। त्यसपछि नेतृत्व चयन प्रक्रियातर्फ अघि बढ्ने तयारी गरिएको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू