Ads

कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, निर्वाचन कार्यक्रम सार्वजनिक


नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेसँगै नेतृत्व चयनको माहोल तातेको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विद्यमान विधानअनुसार नै उम्मेदवारको मनोनयन र निर्वाचन प्रक्रिया अघि बढाइनेछ। विशेष महाधिवेशनबाट पारित हुने नयाँ विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएपछि मात्रै लागू हुने भएकाले हाल पुरानै विधानमा व्यवस्था गरिएका पदका आधारमा निर्वाचन तयारी गरिएको उनले स्पष्ट पारे।

विधानअनुसार सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ तथा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ।

निर्वाचन कार्यतालिका अनुसार आज मध्याह्न साढे १२ बजेदेखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ भने दिउँसो २ बजे अन्तिम नामावली सार्वजनिक हुनेछ। त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यतालिका छ।

राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ। विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू