Ads

सुन चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडदै


काठमाडौँ। बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडदै सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ३१५ रुपैयाँले बढेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कायम भएको सुन आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको होत्यस्तै , चाँदीको भाउपनि उच्च दरले बढेको छ ।

एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू