मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विगतको सफलताले थप काम गर्न हौसला दिनेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा केही अवरोध आउन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । मनग्य धन आर्जन हुने समय छ । कामको चाप र थकाइ कम हुनेछ र विश्रामको अवसर मिल्नेछ । परिवारजनको साथले उत्साह बढाउनेछ । कामका सहयोगीहरू पछि हट्न सक्छन् भने प्रतिस्पर्धीहरूले चुनौती दिन सक्छन् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चनु पर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा उठाउन सकिँदैन ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्नु जोखिमपूर्ण हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकताहरू पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): खर्च लागेपनि टाढाको यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । दिगो फाइदा हुने काममा लगानीको अवसर मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): वादविवादमा पर्ने योग छ, त्यसैले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसकेका योजना कार्यान्वयन नहुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने समय छ, त्यसैले सतर्क रहनु लाभदायी हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): चुनौतीहरू पार गर्दै रोकिएका काम पनि सम्पन्न गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जितेपनि आफ्नाले धोका दिन सक्ने अवस्था आउन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिस्थितिले अप्ठ्यारा चुनौतीहरू ल्याए पनि प्रयत्न गर्दा सहयोगी मार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु लाभदायी हुनेछ । समयमै सजग नबन्दा शुभचिन्तकहरू पनि टाढा हुन सक्छन् ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): छोडिएका आफन्तसँग भेटघाट हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन र रमाइलो जमघटले आनन्द दिनेछ । अधिकारको लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउने व्यक्तिहरू पनि प्रशस्तै हुनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल भएपनि हिम्मतले काम लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभएपनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तर दायित्व निभाउँदै पछि फाइदा हुने काम हात पार्ने अवसर मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्