मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने समय छ । रोकिएका कामहरु बन्न थाल्नाले उत्साह वृद्धि होला । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामथ्र्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सु
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– धैर्यधारण गरी परिश्रम गर्नेका लागि आजको दिन विशेष फलदायी रहनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– मिश्रित फलदायी दिन छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । जगिरमा पनि समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– सहयोगको आशा देखाउनेले धोका दिन सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– यश-वर्चश्व बढ्ने र विरोधिले पनि तारिफ गर्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सार्थक रहनेछन् भने दीगो फाइदा हुने काम सुरु हुन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने नवीन रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ, यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइ एवम् सिर्जनात्मक कार्यमा मन जाला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभका साथै प्रेमको प्रसङ्ग सुखद रहने योग छ । जोश, जाँगर र उत्साह-उमंग देखापर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु लाभकारी होला । गरिआएको कामबाट विशेष उपलब्धि प्राप्त हुने तथा धनलाभको योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने सम्भावना छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– अधुरा काम बन्ने तथा नयाँ काम पाइने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्यामा आफन्तजन सहयोगी बन्नेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बिघ्न पैदा गर्न सक्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि नियमित कार्यमा अलमल बढ्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्