Ads

राजु पाण्डेले दिए महानगर प्रहरी प्रमुखबाट राजीनामा, गगन थापासँग चुनाव लड्ने चर्चा


माघ ४ गतेदेखि लागू हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेले आफ्नो राजीनामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाएको जानकारी दिएका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पनि माघ ४ कै दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्। स्रोतका अनुसार, उनी आगामी निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।

त्यसैगरी, प्रहरी प्रमुख पदबाट राजीनामा दिएका पाण्डेले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्रबाट उम्मेदवारी दिने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।

महानगरका दुई महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूको एकै समयमा हुने राजीनामाले काठमाडौं महानगरको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग ल्याएको छ। आगामी निर्वाचनलाई लक्षित गरी यी राजीनामाहरूलाई राजनीतिक कदमका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू