Ads

नेकपाले ताप्लेजुङमा परागलाई अघि सार्‍यो


अासन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ उम्मेद्वार बनाएको छ ।

शनिबार पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट हस्तान्तरण गरेसंगै परागको उम्मेद्वारी पक्का भएको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेकपाले परागलाई उम्मेद्वार बनाएको छ ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका ‘पराग’ जिल्लाबाट एकल सिफारिस भएका थिए । ‘पराग’ गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन कांग्रेस–माओबादी गठबन्धनबाट साझा उम्मेद्वार भएपनि एमाले उप-महासचिव योगेश भट्टराई संग २०८ को झिनो मतान्तरले पराजित भएका थिए । यो पटक भने नेकपा एकिकृत समाजवादी लगायतका घटक एक भएकाले परागलाई ती शक्तिहरुको साथ छ ।

नेता परागले उम्मेद्वारका लागि सिफारिस भएबाट नै निर्वाचन लक्षित गतिविधिलाई तीब्रता दिएका छन । आगामी निर्वाचनमा ताप्लेजुङका जनताले आफूलाई बिजयी गराउने विश्वास व्यक्त गरे । जिल्लामा रहेर अनवरत जनताका पक्षमा काम गरेकाले पनि यस पटक अाफूले अत्याधिक बहुमतले जित्ने दाबी गरे ।

Ads

सम्बन्धित पोष्टहरू