Ads

राजीनामा दिने तयारीमा सञ्चारमन्त्री खरेल


सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अन्तरिम सरकारका प्रवक्ता जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनले आजै (माघ ५) राजीनामा दिने तयारी गरेका खरेलनिकट स्रोतले बताएको छ ।

राजीनामा दिएर उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने उनको तयारी रहेको स्रोतको भनाइ छ ।

यसअघि, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू