Ads

२०८२ माघ ६ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आज अचानक धन लाभको योग देखिन्छ । पहिलेको प्रयासबाट आम्दानी हुने सम्भावना छ । पैसा सम्बन्धी विषयले उत्साह बढाउनेछ । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आज नसोचेको ठाउँमा खर्च हुन सक्छ । अनावश्यक खर्चका कारण मन खिन्न हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा सचेत रहनु राम्रो हुनेछ । बजेट व्यवस्थापन नगरे समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफन्त तथा नजिकका व्यक्तिसँगको भेटघाटले मनलाई खुसी बनाउनेछ । प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ । भावनात्मक रूपमा सन्तुष्ट महसुस हुनेछ र पुराना सम्झनाहरू ताजा हुन सक्छन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आज धन आर्जनका अवसर प्राप्त हुन सक्छन् । नियमित आम्दानीसँगै बचत बढ्ने प्रबल सम्भावना छ । नयाँ काम, व्यापार वा योजना बारे सोच्ने र योजना बनाउने समय अनुकूल देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आज कामलाई मनोरञ्जनात्मक तरिकाले सम्पन्न गर्न सकिनेछ । सिर्जनात्मक सोचले नयाँ अवसर खोल्न सक्छ । रमाइलो वातावरणमा काम गर्दा सफलता मिल्ने सम्भावना उच्च छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)आज वादविवाद वा विवादास्पद परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । बोली र व्यवहारमा संयम अपनाउनु आवश्यक छ । आगो, धारिलो वस्तु तथा मेसिनरी सामाग्रीबाट सावधान रहनुहोस् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)जागिर वा पेशा सम्बन्धी काममा केही मानसिक दबाब महसुस हुन सक्छ । मान सम्मान र प्रशंसा त पाइएला, तर मनमा अनावश्यक डर वा चिन्ता रहन सक्छ । स्वास्थ्यका दृष्टिले समय अनुकूल छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)आजको दिन रमाइलो र हलुका मनस्थितिमा बित्नेछ । मनोरञ्जन, घुमफिर वा मनपर्ने काममा समय बिताउन सकिनेछ । कामको चाप कम हुने भएकाले फुर्सद मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)आज अप्रत्याशित लाभको सम्भावना छ । काम प्रति रुचि र ऊर्जा बढ्नेछ । व्यवसायमा थप लगानी गर्ने सोच बन्न सक्छ । वैदेशिक रोजगारी, व्यापार वा सम्पर्कबाट फाइदा हुने संकेत देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आज अनावश्यक झमेलामा फस्न सक्ने सम्भावना छ । साना कुराले ठूलो समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । आर्थिक रूपमा केही हानि हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)आज धन आर्जनका दृष्टिले राम्रो दिन रहनेछ । अन्न, कृषि वा खाद्य सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ । कसैको सहयोग र समर्थनले काम सहज बन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आज राम्रो आम्दानीका कारण मन प्रसन्न रहनेछ । आर्थिक क्षेत्रमा क्रमिक उन्नति देखिन्छ । नसोचेको स्थान वा स्रोतबाट धन लाभ हुन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू