शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।
उनका अनुसार, पुनले आफ्ना दीर्घकालीन अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएका हुन्।
यसअघि आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिएका थिए। त्यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले समेत पदबाट बाहिरिने निर्णय गरिसकेका छन्। खरेल, घिसिङ र गुप्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्दै सक्रिय राजनीतिमा फर्किएका हुन्।
तर, मन्त्री पुनको राजीनामा भने अन्यभन्दा फरक ढंगले हेरिएको छ। उम्मेदवारी दर्ता गर्ने दिनमै उनले आकस्मिक रूपमा राजीनामा दिनु राजनीतिक वृत्तमा अर्थपूर्ण र चासोका साथ विश्लेषण भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्