Ads

ठूलो समर्थक दलबलसहित बालेनले झापा–५ बाट उम्मेदवारी दर्ता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। बालेनले आज दिउँसो ठूलो संख्यामा समर्थकसहित उपस्थित भई झापा–५ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

झापा–५ मा बालेनको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। उक्त निर्वाचन क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विजयी भएका थिए। ओलीले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्।

स्रोतका अनुसार ओली पनि केही समयपछि मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुग्ने तयारीमा रहेका छन्। प्रमुख राजनीतिक व्यक्तित्वहरू आमनेसामने हुने संकेतसँगै झापा–५ लाई यसपटकको निर्वाचनको एक महत्वपूर्ण र चासोपूर्ण क्षेत्रका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू