Ads

सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारीको नयाँ तरंग: महेश्वर दाहाल चुनावी मैदानमा


आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली–२ बाट प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनको उम्मेदवारी सार्वजनिक भएसँगै जिल्लाको राजनीतिक वातावरण थप तातेको छ र नयाँ बहस सुरु भएको छ।

दाहालको उम्मेदवारीका प्रस्तावक तत्कालीन माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री हरिबोल गजुरेल रहेका छन् भने समर्थकमा मरिन गाउँपालिकाका पूर्व अध्यक्ष पानिराज बम्जन छन्। गजुरेलको दीर्घ राजनीतिक अनुभव र बम्जनको स्थानीय तहमा रहेको लोकप्रियता तथा विकासमुखी छविले दाहालको चुनावी अभियानलाई उल्लेखनीय बल दिएको देखिन्छ।

भ्रष्टाचार र बेथितिविरुद्ध कडा अडान, सुशासन र जनमुखी विकासलाई मूल एजेन्डा बनाउँदै दाहाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्। सिन्धुली जिल्ला पार्टीको सिफारिसलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले अर्का उम्मेदवार राजन दाहाललाई टिकट दिएपछि उत्पन्न असन्तुष्टिको पृष्ठभूमिमा उनको स्वतन्त्र उम्मेदवारी आएको बताइन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार दाहालको उम्मेदवारीले सिन्धुली–२ को परम्परागत दलीय समीकरणलाई चुनौती दिँदै नयाँ राजनीतिक सम्भावना र बहसको ढोका खोलेको छ। आगामी निर्वाचनमा यो उम्मेदवारीले कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।

Ads

सम्बन्धित पोष्टहरू