पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एकमहिने माधवनारायण स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणी नदीमा स्नान गरेका छन्।
प्रदेश यात्राअन्तर्गत पनौती पुगेका व्रतालुहरूले त्रिवेणीमा स्नान गरी माधवनारायणको विशेष पूजा–आराधना गरेका हुन्। धार्मिक मान्यताअनुसार माधवनारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास रहिआएको छ।
पुस शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत बसेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहँदै आएको छ। यही विश्वासका आधारमा प्रत्येक वर्ष हजारौँ श्रद्धालु व्रतालुहरूले श्रद्धापूर्वक यो व्रत बस्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्