राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन्।
चुनावी अभियानका सिलसिलामा पूर्वी नेपाल पुगेका शाहले शुक्रबार बिहान पाथीभरा माताको पूजाआजा गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा–५ बाट प्रतिस्पर्धा गरिरहेका छन्।
चुनावी अभियानलाई तीव्र बनाउँदै उनले पूर्वी नेपालका विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रमसमेत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्