नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन्।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी मुख्यालय सानेपा प्रवेश गर्न लागेका हुन्।
पदभार ग्रहण लगत्तै आज दिउँसो १ बजे नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने तय भएको छ। बैठकको मुख्य एजेन्डा सभापति थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट ‘भावी प्रधानमन्त्री’को उम्मेदवारका रूपमा औपचारिक घोषणा गर्नु रहेको छ।
यस घोषणासँगै नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाउने रणनीति लिएको छ।
सभापति थापा आफैँ पनि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस्