Ads

ओलीमाथि बालेनको कडा शब्द प्रहारः “७६ जना बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन सकिन्न”


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाउँदै कडा प्रतिक्रिया जनाएका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच ‘डिबेट गर्न तयार’ रहेको आशयको फेसबुक पोस्ट सार्वजनिक गरेपछि त्यसको ‘रिप्लाई’ गर्दै बालेनले आफूलाई “देश जलाउने” भनेर गरिएको आलोचनाको मात्र प्रतिवाद गरेका छैनन्, नेतृत्वको नैतिक धरातलमाथि नै प्रश्न उठाएका छन्।

बालेनले नेताहरूको घरको ठेगाना थाहा पाउनु वा सार्वजनिक गर्नु “देश जलाउनु” नभएको तर्क गर्दै विगतका गम्भीर घटनाहरू स्मरण गराएका छन्। उनले २३ गते बालबालिकामाथि भएको नरसंहारको घटनालाई लुकाउन २४ गते ध्यान मोड्ने प्रयास गरिएको आरोप लगाउँदै त्यसमा संलग्न नेतृत्वले आफूलाई कहिले ‘आतङ्कवादी’ स्वीकार गर्ने हो भन्ने प्रश्न गरेका छन्।

विशेषगरी ७६ जना बालबालिकाको हत्या भएको सन्दर्भ जोड्दै बालेनले त्यस्ता जघन्य अपराधका दोषी तथा उनका ‘मतियारहरू’ सँग एउटै मञ्चमा उभिनु आफू पनि सोही अपराधमा सहभागी हुनु सरह हुने स्पष्ट पारेका छन्।

उनले नेतृत्वको नैतिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँदै अन्य राजनीतिक विषयमा बहस गर्नुअघि यस्ता संवेदनशील र गम्भीर घटनामा स्पष्ट जवाफ र जवाफदेहिता आवश्यक रहेको धारणा व्यक्त गरेका छन्

Ads

सम्बन्धित पोष्टहरू