राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह भोलि (सोमबार) सुदूरपश्चिम प्रदेश जाने भएका छन्।
उनी चुनावी प्रचारमा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिमबाट बालेननिकट भूपदेव शाह र केपी खनाल उम्मेदवार रहेका छन्।
भूपदेव शाह अछाम क्षेत्र नम्बर–२ बाट तथा केपी खनाल कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।
उम्मेदवारहरूको क्षेत्रमा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम तय भएको रास्वपा केन्द्रीय सदस्य मधुसुदन ढकालले जानकारी दिए। यसअघि मनोनयनका लागि झापा पुगेका बालेन्द्र शाह पूर्वी जिल्लाहरूमा चुनावी प्रचार सकेर शनिबार काठमाडौँ फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस्