Ads

आईसीसी महिला टी–२० विश्वकप छनोटः नेपाल समूह चरणबाट बाहिरियो


आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ।

सोमबार समूह ‘बी’ को जित्नै पर्ने खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको हो।

यस नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्डले सुपर सिक्समा स्थान पक्का गरेका छन्। नेपालले प्रतियोगितामा जिम्बाब्वेलाई मात्र पराजित गरेको थियो। जिम्बाब्वे अंक तालिकाको पुछारमा रह्यो।

अन्तिम तथा समूह चरणको चौथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो। खराब सुरुवातका बाबजुद प्रियन्ज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्। सारा ब्राइसले १८, एलिसा लिस्टरले २२, मेगन म्याकोलले १७ तथा रसिल स्लटरले ११ रन बनाइन्।

नेपालका लागि मनिसा उपाध्यायले ४ विकेट लिँदा रुविना क्षेत्रीले ३ विकेट हात पारिन्।

१४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ६८ रनमा अलआउट भयो। नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाइन्। रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि अब्टाह मसुदले ३ विकेट लिँदा कथरिना फ्रासर र कथ्र्यान ब्रयासीले समान २–२ विकेट लिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू