Ads

२०८२ माघ १६ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– दिनको शुरुवात प्रतिकुल जस्तो अनुभूति भएपनि आजको दिन राम्रै धनार्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने समय भएपनि पुरानो गतिले काम बिग्रन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– मिश्रित फलदायी साय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । कमजोर मानसिकताले पछि परिने सम्भावना छ, हिम्मत गरेर पुरुषार्थी काम सम्पादनको प्रयत्न गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु हितकर सावित हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सजग रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– चुनौती चिर्दै काम सम्पादन गर्न सकिने दिन छ । इष्र्यालुजनहरू काममा अवरोध गर्न अग्रसर हुनसक्ने सम्भावना रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला । शत्रुहरू किनारा लाग्नेछन् भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– बिनाप्रतिस्पर्धा आर्थिक फाइदा मिल्ने समय छ । कामको सिलसिलामा नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग छ । तथापि, अरूको भरपर्दा काम रोकिने र हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ । सोख पूर्तिका लागि खर्च केही बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने योग छ । आलस्यपनले अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुने समय छ ।लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– पारिवारिक समस्याको समाधान मिल्ने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ । ढिलै भएपनि चाहेको काम सम्पादन हुनेछन् । विशेष योजनामा परिवारजनको सहयोग लिनु हितकर हुनेछ । आश मारेको कामले सार्थकता पाउन सक्छ, प्रयत्न गर्नुहोला ।

Ads

सम्बन्धित पोष्टहरू