मेषसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
वृषव्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
मिथुनशत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।
कर्कटईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
सिंहपहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ ।
कन्याआयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
तुलाविश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
वृश्चिकमेहनत एवम् परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।
धनुसुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् ।
मकरप्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कुम्भअधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यवसायिक काममा खर्च बढ्नेछ । अर्थ अभाव खट्किएपनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
मीन मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउने छन् । तार्किक क्षमता एवम् बोलीको प्रभाव बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्