मेषखराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।
वृषसमयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनि नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ ।
मिथुनअन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ ।
कर्कटराष्ट्रिय स्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ ।
सिंहपरिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ ।
कन्याअनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।
तुलासरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।
वृश्चिकव्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यमा बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।
धनुआज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ ।
मकररमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।
कुम्भकाममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।
मीनचोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनु होला । आर्थिक समस्या समाधान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्