Ads

२०८२ फागुन १ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेषव्यवसायिक काममा खर्च बढ्ने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कार्यले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला । समय मध्यम रहनेछ ।

वृषआज आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । उद्योग र व्यापारमा लाभ मिल्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सकिनेछ ।

मिथुनपढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूमा भर पर्दा सबै काम सम्पन्न नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ । कृषि तथा चौपायामा केही समस्या देखिएपनि धन आर्जनको अवसर मिल्नेछ ।

कर्कटस्वास्थ्य कमजोर रहन सक्ने भएकाले काम सम्पन्न गर्न कठिनाइ हुन सक्छ । समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । छर छिमेकमा विवादको सम्भावना रहेकाले सावधान रहनुहोला । धन हराउने वा खर्च बढ्ने योग छ ।

सिंहव्यापार व्यवसायमा राम्रो लाभ हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने चिन्ताले मन अशान्त रहन सक्छ । हतारमा बाचा गर्दा दुःख पाइने सम्भावना छ । मान सम्मानमा ठेस पुग्न सक्छ ।

कन्याप्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग तथा उपहार पाइने सम्भावना छ । सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ । परोपकारजन्य कार्यमा समय बित्नेछ । मंगलमय कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ ।

तुलासुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । परिवारको साथले नयाँ आशा जाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुनेछ । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ ।

वृश्चिकमुख्य काममा बाधा देखिन्छ । घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । आँटेका काम समयमा पूरा नहुन सक्छन् ।

धनुसमस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकरलाभदायक काम सुरु गर्ने समय छ । साझेदारीबाट राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्ने संकेत छ । नसोचेको स्थानबाट धन प्राप्त हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो राख्दा विवादमा परिन सक्छ ।

कुम्भबाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ ।

मीनसवारी चलाउँदा सावधानी अपनाउनु होला । लेनदेन सम्बन्धी विवादले समस्या निम्त्याउन सक्छ । पुरानो रोग बल्झिन सक्छ । अरूका लागि श्रम र बुद्धि खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिने व्यक्तिले झुक्याउन सक्छन् ।

Ads

सम्बन्धित पोष्टहरू