Ads

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं, । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । योसँगै आज सुनप्रतिोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

हिजो (आइतबार) सुन प्रतितोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू