मेषप्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
वृषआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।
मिथुनयात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नु पर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ ।
कर्कटआशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
सिंहआश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।
कन्यापढाइ लेखाइमा प्रगति हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ ।
तुलाआफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भएपनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।
वृश्चिकनयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडि कडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।
धनुविगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । तर व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला ।
मकरसंघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कुम्भलगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
मीनतपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्