मेष परिस्थिति चुनौतीपूर्ण देखिए पनि निरन्तर प्रयासले सहयोगीहरूबाट फाइदा लिन सकिनेछ । गोपनीयता कायम राख्नु आवश्यक छ । समयमै सचेत नबन्दा शुभचिन्तक टाढिन सक्छन् ।
वृष टाढिएका आफन्तसँग पुनः भेटघाट हुने सम्भावना छ । रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । अधिकारका विषयमा केही संघर्ष गर्नुपर्ला । अवरोधहरू आएपनि परिश्रमले उपलब्धि र सम्मान दिलाउनेछ ।
मिथुन स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । बाध्यतापूर्ण काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । सहयोगको आशा गरेका व्यक्तिबाट निराशा मिल्न सक्छ, तर धैर्य र साहसले समस्या समाधान गर्न सकिनेछ ।
कर्कट प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णयले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण नभए पनि केही लाभ हुनेछ ।
सिंहविगतका सफलताले नयाँ कार्यका लागि प्रेरणा दिनेछ । रचनात्मक क्षेत्रमा सक्रियता बढ्नेछ । आयआर्जनका स्रोत विस्तार हुने संकेत छ । सन्तान, अनुयायी वा मातृपक्षको साथ र सल्लाह लाभदायक हुनेछ ।
कन्या नयाँ प्रस्ताव प्राप्त हुने सम्भावना छ र पुराना कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । आर्थिक लाभको योग छ । कामको चाप कम भई विश्राम मिल्नेछ । परिवारको साथले हौसला बढाउनेछ ।
तुला रोकिएको काम सम्पन्न भई आत्मविश्वास बढ्नेछ । उपलब्धिको नयाँ स्रोत पहिचान गर्न सकिनेछ । अरूका काममा समय दिनुपरेपनि अनुभव बढ्नेछ । जोखिमपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ ।
वृश्चिक अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै प्रयासमा जोड दिनुहोला । परिवारको आवश्यकतामा ध्यान दिने समय छ । दीर्घकालीन लाभ हुने क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
धनुटाढाको यात्राको तयारी हुन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ ।
मकरआर्थिक तथा भौतिक लाभको समय छ । कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा सफलता मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ ।
कुम्भ अनावश्यक वादविवादबाट टाढा रहनु उपयुक्त हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । छिमेकी वा नजिकका व्यक्तिसँग असमझदारी बढ्न सक्ने भएकाले संयमता अपनाउनु आवश्यक छ ।
मीन चुनौतीहरू सामना गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । प्रतिस्पर्धी वातावरणमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ । साथीभाइसँग दूरी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले विश्वास कायम राख्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्