Ads

२०८२ फागुन २१ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

वृष तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला ।

मिथुनप्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा खासै प्रगति हुने छैन ।

कर्कट रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ ।

सिंह केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहेपनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।

कन्या पढाइ लेखाइमा प्रगति हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान ।

तुला ऋण सापटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

वृश्चिक व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ, सन्तानबाट पनि सुख पाइनेछ ।

धनुस्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दैछ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ ।

मकर परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।

कुम्भआम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला ।

मीन विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ ।

Ads

सम्बन्धित पोष्टहरू