Ads

२०८२ फागुन २३ गते शनिबार, तपाईको दैनिक राशिफल


मेषआज कुनै नयाँ कामको सुरुवात गर्नु लाभदायक हुन सक्छ । काम प्रति उत्साह बढ्नेछ र त्यसबाट आर्थिक लाभ पनि मिल्ने संकेत छ । सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुन सक्छ ।

वृषआज अनावश्यक चिन्ता वा डरले सताउन सक्छ, त्यसैले सतर्क रहनु राम्रो हुन्छ । कसैसँग सामान्य मनमुटाव हुन सक्ने योग छ ।  स्वास्थ्य प्रति पनि ध्यान दिनुहोस्, चोट पटक वा अचानक स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना छ ।

मिथुन आज तपाईंलाई अरूबाट सम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ र विशेष व्यक्तित्वहरूसँग चिनजान बढ्न सक्छ ।

कर्कट आज सोचेका कामहरू पूरा हुँदै जाँदा मनमा सन्तोष र खुसी बढ्नेछ । आर्थिक कारोबार राम्रो हुने सम्भावना छ । परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ ।

सिंह आज अप्रत्याशित रूपमा लाभ हुने सम्भावना छ । विभिन्न निम्तो वा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ । परिवारमा सामान्य विवाद हुन सक्ने संकेत देखिन्छ । खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ ।

कन्या आज अल्छीपन र स्वास्थ्य समस्याले काममा ढिलासुस्ती हुन सक्छ । विशेष गरी पेट सम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ । खर्च बढ्ने सम्भावना पनि देखिन्छ ।

तुलाआज परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका कामहरू फेरि सुरु हुने सम्भावना छ । घरमा पाहुनाको आगमनले वातावरण रमाइलो बन्न सक्छ । बुद्धि र समझदारी प्रयोग गर्दा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

वृश्चिकआज सोचेका कामहरूमा सफलता मिल्ने र आर्थिक लाभ हुने योग छ । कसैको सहयोग र समर्थन प्राप्त हुन सक्छ । पुराना साथीसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ ।

धनु आज सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ, तर सामाजिक सम्मान प्राप्त हुने सम्भावना छ । यात्राको योग देखिन्छ र त्यसबाट लाभ पनि हुन सक्छ । दिनभरि भेटघाट, भ्रमण तथा मनोरञ्जनमा समय बित्ने सम्भावना छ ।

मकरआज आर्थिक पक्ष कमजोर देखिन सक्छ । अनावश्यक वा योजना बाहिरका खर्च बढ्न सक्छन्, त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ । सामान्य स्वास्थ्य समस्या आउन सक्छ ।

कुम्भ बिहानको समय सुखद रहनेछ, तर दिनको अन्त्यतिर काममा उत्साह घट्न सक्छ । मेहनत गरेमा पहिले असम्भव देखिएको काम पनि सफल हुन सक्छ । आफन्त वा नजिकका व्यक्तिसँग भेटघाटले मन प्रसन्न हुनेछ ।

मीन आज आर्थिक लाभ हुने सम्भावना बलियो देखिन्छ । नयाँ आम्दानीका अवसरहरू खुल्न सक्छन् र व्यापार व्यवसायमा राम्रो फाइदा मिल्न सक्छ । आवश्यक तथा फलदायी यात्राको योग पनि रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू