मेष पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला ।
वृषबाहान चौपाय आदी प्राप्त होला । साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ ।
मिथुनअनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादविवाद पनि होला ।
कर्कट घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
सिंह घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ ।
कन्या कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ, सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।
तुला स्वास्थ्यमा समस्या आउला । साथै उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ ।
वृश्चिकजागिरमा सुधार आउने छ । साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला ।
धनु उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन ।
मकर लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
कुम्भ सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन ।
मीन आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।
प्रतिक्रिया दिनुहोस्