काठमाडौँ, । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हालसम्म ९१ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा ९एमाले० सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख तीन हजार १७५, नेपाली कांग्रेसले तीन लाख ३० हजार ७२८, नेकपा ९एमाले०ले दुई लाख ६३ हजार ५८२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्